सुनसरी । इटहरी उपमहानगरले गाईजात्राको अवसरमा आज मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।
भदौ ४ गते मङ्गलबार मनाइने गाईजात्रा पर्वको अवसरमा उपमहानगरले पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले सोमबार साँझ सूचना जारी गर्दै नेवारी समुदायले मनाउने गाईजात्रा महत्त्वपूर्ण पर्व रहेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
इटहरीका नेवार समुदायको सम्मानको लागि स्थानीय बिदा दिने निर्णय गरेको नगरप्रमुख पौडेलले बताए ।
View : 104
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved