विराटनगर : मोरङको सुन्दरहरैचास्थित सुकुना बहुमखी क्याम्पसको पूर्व विद्यार्थीहरुको भेलाले नारायण सुवेदीको अध्यक्षतामा १३ सदस्यीय पूर्व विद्यार्थी समाज पुनर्गठन गरेको छ ।
सुकुना बहुमखी क्याम्पसमा शुक्रबार आयोजित भेलाले उपाध्यक्षमा भवानी पोखरेल, सचिवमा अर्जुन गजुरेल, सहसचिवमा लावण्यकुमार अधिकारी, कोषाध्यक्षमा प्राञ्जली ढकाललाई चयन गरेको छ । पुनर्गठित समितिको सदस्यहरुमा खेमराज दाहाल, लोकप्रकाश भट्टराई, भक्तिप्रसाद रेग्मी, भोला खतिवडा, गोविन्द श्रेष्ठ, भक्त खड्का, अनिल कार्की र पुष्कर भट्टराई छन् ।
भेलाले ७ सदस्यीय पूर्व स्ववियु पदाधिकारी क्लवसमेत गठन गरेको छ । क्लवको संयोजकमा यज्ञराज सुवेदी र सदस्यहरुमा भूपाल बस्नेत, शंकर बजगाई, राजेन्द्र खवास, लिलाप्रसाद आचार्य, सीताराम न्यौपाने र ऋषिराज रेग्मी रहेको पूर्व विद्यार्थी समाजकी कोषाध्यक्ष प्राञ्जली ढकालले जानकारी दिइन् ।
भेलामा कोशी प्रदेशका पूर्व मन्त्री राजकुमार ओझा, नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ लगायतको सहभागितो थियो ।
View : 202
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved