विराटनगर : ७५ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दुई जना मानव अधिकारकर्मीलाई सम्मानित गरिने भएको छ ।
मानव अधिकार सञ्जाल विराटनगरले पत्रकार तथा मानव अधिकारकर्मी यज्ञ शर्मा र मानव अधिकारकर्मी बागमति कट्टेललाई मानव अधिकार सम्मानबाट सम्मानित गर्ने भएको हो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सञ्जालले हरेक वर्ष २ जना अधिकारकर्मीहरुलाई सम्मानित गर्दै आएको छ ।
यस वर्षको मानव अधिकार सम्मानबाट सम्मानित व्यक्ति छनोटका लागि मणि अर्ज्यालकोको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।
‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत र दिगो बनाउँदै लैजाउँ’ भन्ने मुख्य नारासहित डिसेम्वर १० अर्थात आइतबार ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइदै छ ।
View : 225
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved