Biratnagar, Morang, Nepal
१० वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकार महासंघ मोरङको अध्यक्षमा पाठक

उद्‌घोष सम्वाददाता
२९ मंसिर २०८१, शनिवार

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन् । 

पाठकले ११७ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । अध्यक्षका प्रतिष्पर्धी नवराज कट्टेलले ५९ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक दीपक दाहालले घोषणा गरे । 

उपाध्यक्षमा सन्तोष सिग्देलले १०१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले समान ८२–८२ मत प्राप्त गर्दै कार्यकाल बाँडेका छन् । सचिवमा नेत्र पी अधिकारी १०९ मत प्राप्त गरी विजयी बनेका छन् ।

सहसचिवमा रेवतीरमण निरौलाले ९२, समावेशी सह–सचिवमा श्यामसुन्दर सुतिहार, कोषाध्यक्षमा कौशल निरौला १३१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

सदस्यहरूमा उषाकुमारी सरदारले ११८, दलित सदस्यमा तिलक नेपालीले १००, आदिवासी जनजाति सदस्यमा विद्यानन्द चौधरीले ८० मत प्राप्त गरे ।

मधेसी सदस्यमा सुनिल यादवले ९० मत प्राप्त गरे । अन्य समावेशी सदस्यमा डुमरलाल मेहताले ८६ मत पाएका छन् । 

खुला सदस्यमा अनुज सापकोटाले ११०, इश्वर दुलालले ९८, कुमार खड्काले १२०, बाबुराम निरौलाले १०३, मुकेशकुमार यादवले ९६ र रोशन पोखरेलले ७९ ले मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचनबाट प्रदेश परिषद सदस्यमा अर्जुन कुमार आचार्य, केशर बहादुर चौहान, गोपाल पोखरेल, चुमनकुमार बस्नेत, जीतेन्द्रनारायण ठाकुर, दिनेश कुमार पोखरेल (सिम्पाने), पुष्पराज थपलिया, भूमिका पाख्रिन, भोजराज घिमिरे, मनोज कुमार मेहता, विनोद सुवेदी, सन्तोष गौतम र सुमन घिमिरे निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै केन्द्रीय परिषद् सदस्यहरूमा महिलातर्फ चिना थापा निर्विरोध भइन् । आदिवासी जनजातीतर्फ रुपेन्द्र शेर्मा निर्वाचित भएका छन् ।

खुला केन्द्रीय परिषद् सदस्यमा तेजेन्द्र बहादुर भण्डारी, विक्रम लुंइटेल र सुभाष कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षसहितका अधिकांश पदमा नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस मंच नेपालको संयुक्त प्यानल निर्वाचित भएको हो । महिला उपाध्यक्षमा मत बराबरी भएकी तिम्सिनामात्रै प्रेस सेन्टर निकट रहेकी छन् ।

View : 116

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved