Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

संखुवासभामा टिपर दुर्घटना हुँदा अरुण तेस्रोका दुई मजदुरको मृत्यु

उद्‌घोष सम्वाददाता
१५ कार्तिक २०८१, बिहिवार

विराटनगर । संखुवासभामा टिपर दुर्घटना हुँदा दुईजना भारतीय मजदुरको मृत्यु भएको छ ।

बुधबार साँझ करिव ७ बजेतिर एचपी ११-४९३३ नम्बरको भारतीय टिपर सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक ५७ वर्षीय  भारतीय नागरिक शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा लगिएपनि अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटना परी थप दुई भारतीय मजदुर घाइते भएका छन् ।

उक्त टिपर संखुवासभाको मकालु गाउँपालिका-५ फाक्सिन्दा दोभानस्थित निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ड्याम साइडमा काम गरी फर्किने क्रममा दुर्घटनामा परेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट प्रहरी निरीक्षक भिमराज राई र अस्थायी प्रहरी बेस फाक्सिन्दा दोभान संखुवासभाका प्रहरी सहायक निरीक्षक क्रान्तिराज पौडेल सहितको टोली खटिएर घटनास्थलमा उद्धार र आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक राम कुमार लामिछानेले बताए ।

उनले टिपर दुर्घटनामा परी घाइते भएका भारतको विहार प्रदेशका करिव ४० वर्षीय ईश्वर पासवान र  करिव २८ वर्षीय योगेन्द्र पालको उपचार भइरहेको जानकारी दिए ।

View : 136

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved