Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

हाइना भेटिएको कतैबाट भएन पुष्टि, तस्करी गिरोहले हल्ला फैलाएको आशंका

उद्‌घोष संवाददाता
२४ कार्तिक २०८२, सोमवार

Advertisement

विराटनगर । मोरङको रंगेली र सुनबर्षी नगरपालिकाका विभिन्न सीमावर्ती बस्तीमा नेपालमा नपाइने प्रजातीको हाइनाको बथान नै देखिएको भन्दै हल्ला फैलाउन प्रयोग भएका फोटोहरू वास्तविक भएको पुष्टि हुन सकेको छैन ।

फोटोहरू एआई टुल्सहरूको प्रयोगबाट निर्माण गरी भारतीय सीमावर्ती क्षेत्रबाट फैलाइएको हुनसक्ने आशंका बढेको छ ।

विभिन्न फेसबुक पेजबाट समेत हाइनाको बथान नै देखिने गरी फोटो सार्वजनिक भएपछि मानिसहरू आतंकित बनेका थिए ।

रंगेली नगरपालिका र सुनबर्षी नगरपालिकाको भारतीय सीमावर्ती वडाहरूमा हाइना देखिएको हल्ला चलेपनि अहिलेसम्म कसैले पनि हाइना देखेको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । 

संरक्षणकर्मीहरूले समेत फोटोको आधारमा मात्रै हाइना देखिएको हो भनेर यकिन गर्न नसकिने बताउँदै आएका छन् ।

यसअघि सिराहा–सप्तरीको भारतीय सीमावर्ती क्षेत्रमा पनि चितुवा पसेको भन्ने हल्ला चलेको एक संरक्षणकर्मीले बताए । त्यस्तो हल्ला सीमावर्ती क्षेत्रमा रातको समयमा तस्करी गर्ने समुहले नियोजित रुपमा फैलाएको दृष्टान्त ती संरक्षणकर्मीले सुनाए ।

‘अहिले हाइनाको समुह नै देखियो भनेर हल्ला चलाइएको छ, फोटो हेर्दा त्यो हाइना नेपालमा पाइँदै नपाइने प्रजातीको हो, वास्तविक फोटो कतैबाट प्राप्त भएको छैन’ उनले भने, ‘विगतको अनुभवको आधारमा भन्ने हो भने सीमावर्ती क्षेत्रमा अर्कै प्रयोजनका लागि यस्तो हल्ला फैलाइएको हुनसक्ने आशंका गर्न सकिन्छ ।’

अहिले हरेक दिनजस्तो दुर्लभ प्रजातीको (स्पटेट हाइना) हाइनाको फोटो सार्वजनिक हुने गरेपनि ती सवै फोटो एआई टुल्सबाट उत्पादन गरिएको पाइएको छ ।

सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउन हाइनाको बथानकै फोटो सिर्जना गरेर सार्वजनिक गरी मानिसहरूलाई आतंकित पार्ने उदेश्य राखेको हुनसक्ने केही स्थानीयको भनाई छ ।

View : 942

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved