उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले शैक्षिक मापदण्ड नपुगेका, कमजोर शैक्षिक गुणस्तर र विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई समायोजनमा लैजाने भएको छ । नगर प्रमुख कालुमान लामाले नगरपालिकाभित्रको शिक्षामा आमूल परिवर्तन गर्न लागिपरेको जानकारी दिंदै कुनैपनि बहानामा त्यस्ता विद्यालय समायोजनमा लैजाने कार्य नरोकिने बताए ।
शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकपछि मेयर लामाले नगरभित्रका सामुदायिक विद्यालयहरुमा भएको बिषयगत दरबन्दी अभावको समस्या समाधान गरी शैक्षिक गुणस्तर अभिवृद्धि गरिने बताए । उनले आगामी शैक्षिक सत्रदेखि नगरभित्र अभिभावक सहयोग कार्यविधि निर्माण गरी ‘अभिभावक सहयोग’ कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।
बैठकले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरुले जिल्लाभिक्र वा बाहिर तालिम, सेमिनार तथा गोष्ठी जस्ता कार्यत्रममा सहभागी हुन जाादा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट अनिवार्य रुपमा लिखित अनुमति लिनुपर्ने समेत निर्णय गरेको जनाइएको छ ।
स्थानीय पाठ्यक्रम विज्ञको सहयोगमा आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम निर्माण कार्य सुरु गर्ने समेत निर्णय भएको शिक्षा शाखा प्रमुख उपसचिव रामेश्वर कुावरले बताए ।
शिक्षा समितिको बैठकले संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरीव, अपाङ्ग, दलित, जनजाती, द्वन्द्वपीडित र सहीद परिवारका विद्यार्थीलाई समावेशिताका आधारमा छात्रबृत्ति प्रदान गर्नुपर्ने निर्णय गरेको उनले जानकारी दिए ।
छात्रवृतिको व्यवस्थापन तथा वितरण नगर शिक्षा शाखासाग समन्वय गरेर मात्रै गर्नुपर्ने निर्णय भएको पनि जनाइएको छ ।
View : 370
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved