विराटनगर : झापा, खोटाङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्दाका छ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान, २०८० अन्तरगत फैसला कार्यान्वयनको लागि परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासको फैसला आदेशले ५ दिन कैद सजाय तोकिई फरार रहेका मेचिनगर नगरपालिका–१० झापाका ३७ वर्षीय जुनु तिम्सिनालाई पक्राउ गरेको हो ।
यसैगरी बैङकिङ कसुर मुद्दामा उच्च अदालत इलामको फैसला आदेशले नगद ७ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहेका बिर्तामोड नगरपालिका–२ का ३१ वर्षीय शम्शेर कङ्दङ्वालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खोटाङ बजार र प्रहरी चौकी वाप्लुखाबाट खटिएको प्रहरी टोलीले बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत खोटाङको फैसलाअनुसार २ महिना ९ दिन कैद र नगद २ हजार ५ सय रुपैयाँ जरिवाना तोकिई फरार रहेका खोटेहाङ गाउँपालिका–७ का २६ वर्षीय भुवनकुमार प्रधान र आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालत खोटाङको फैसलाले १ बर्ष ११ महिना ७ दिन कैद र नगद २० हजार रुपैयाँ जरिवाना तोकिई फरार रहेका खोटेहाङ–२ की ३९ वर्षीया दिलकुमारी राईलाई पक्राउ गरेको छ ।
यस्तै उदयपुर जिल्ला अदालतको फैसलाले नगद ५ सय जरिवाना तोकिएका बेलका–१ का ५४ वर्षीय सहदेव चौधरी, जिल्ला अदालत उदयपुरबाट सार्वजनिक अपराध मुद्दामा नगद २ हजार रुपैयाँ जरिवाना तोकिई फरार रहेका चौदण्डिगढी–४ का ५० वर्षीय मदन राईलाई इलाका प्रहरी कार्यालय बेलटारले पक्राउ गरेको छ ।
View : 234
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved