विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ प्रदेश (ख) समितिमा रिक्त कोषाध्यक्षसहित ७ जनाको आज मनोनयन गरिएको छ ।
मनोनीत हुनेहरूमा कोषाध्यक्षमा प्रविण जोशी (विराटनगर -५), सदस्यहरूमा गौरा अधिकारी (विराटनगर -६), दीयक विष्ट ( विराटनगर-७), निर्मल दुगड ( विराटनगर-९), गीता आचार्य ( विराटनगर-११), नीलम चौलागाईं ( विराटनगर-११) र गोविन्द पराजुली (विराटनगर-१२) छन् ।
उनीहरूलाई नेपाली कांग्रेसको विधानको धारा १० को उपधारा ७ (ख) अनुरुप कार्य समितिको सदस्यमा मनोनयन गरिएको जनाइएको छ ।
उनीहरूलाई सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (बिमल) द्वयद्वारा आजै मनोनयन पत्र दिंदै खादा लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेस विराटनगर नगर समिति सचिव झुमा निरौला गौतम, नेपाली कांङ्ग्रेस विराटनगर ११ का वडा सभापति रामसुन्दर राजवंशी समेतको उपस्थिति थियो ।
View : 170
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved