विराटनगर, ६ पुस । मोरङ व्यापार संघले आफ्नै नामको ब्राण्डमा आयोजित एक्स्पोको भव्य उद्घाटन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मोरङ व्यापार संघ एक्स्पो २०२३ को भव्य समारोहका बीच उद्घाटन गरेका हुन् ।
एक्स्पोको उद्घाटनमा राजनीतिक तथा आर्थिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग, नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका मन्त्रीहरु, प्रतिनिधि सभा सदस्यहरु, पूर्वमन्त्रीहरु, औधोगिक तथा व्यवसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसै सन्दर्भमा हेर्नुहोस् एक्स्पो उद्घाटनका अवसरमा खिचिएका तस्वीरहरु ।
View : 496
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved