Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सुकुना क्याम्पसका ६ विद्यार्थीले ल्याए उत्कृष्ट अंक

उद्‌घोष सम्वाददाता
८ जेठ २०८२, बिहिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका ६ जना विद्यार्थीले त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको वार्षिक परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याएका छन् । 

२०८१ सालको बीबीएस प्रथम वर्षको परीक्षामा योगेश अधिकारीले ८१.४ प्रतिशत अंक ल्याएर नेपालभरिका क्याम्पसहरूबाट तेस्रो स्थान हासिल गरेका छन् ।

त्यस्तै शंकरदेव मण्डलले ७९.२ प्रतिशत ल्याई सातौं, उत्तम सञ्जेलले ७७.२ प्रतिशत ल्याई अठारौं र योगेश कार्कीले ७७ प्रतिशत ल्याएर उन्नाइसौं स्थानमा नाम लेखाएका छन् ।

विज्ञान संकाय (बीएससी) तर्फ दीया घिमिरेले ८५.४ प्रतिशत अंक ल्याई देशभर दोस्रो स्थान प्राप्त गरेकी छन् । समीक्षा पौडेलले ७३.२ प्रतिशत अंक ल्याई २१औं स्थान हासिल गरेकी हुन् । 

उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरूलाई क्याम्पसले एक कार्यक्रमका बीच बधाई र शुभकामना दिएको छ । 

सो अवसरमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, विभागीय प्रमुख तथा प्राध्यापकहरूले विद्यार्थीहरूलाई सम्मानसहित बधाई शुभकामना दिएका थिए ।

View : 56

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved