Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

मोरङ ३ का एमाले उम्मेदवार इरन कुमार राईले गरे २५ बुँदे प्रतिबद्धता

उद्‌घोष संवाददाता
४ फागुन २०८२, सोमवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार इरनकुमार राईले २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । 

आइतबार बेलबारीमा पत्रकार सम्मेलन गर्दै राईले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए संविधान संशोधन र प्रभावकारी संघीयता कार्यान्वयन, भ्रष्टाचारमुक्त, पारदर्शी र डिजिटल सुशासन प्रणाली, तमोर–चिसाङ बहुउद्देश्यीय डाइभर्सन आयोजना सञ्चालन, कृषिमा आत्मनिर्भरता र आयात प्रतिस्थापन नीति, घरबारविहीनलाई आवास ग्यारेण्टी र स्मार्ट सिटी÷भिलेज निर्माणका लागि काम गर्ने बताए । 

उनले राज्यका निकायमा ५० प्रतिशत महिला सहभागिताको मुद्दा बोकेर अघि बढेको बताए । 

साथै, स्वास्थ्य र सुरक्षित मातृत्व, कृषक पेन्सन, बीमा र मल–बीउको सहज उपलब्धता, पर्यटन प्रवद्र्धन र एग्रो–टुरिजम कार्यक्रम बिस्तार, युवा रोजगार, खेलकुद पूर्वाधार र जेन–जी लक्षित

कार्यक्रम र सामाजिक सुरक्षा भत्ता वृद्धि र स्वास्थ्य बीमा बिस्तारको बिषय प्राथमिकतामा राखेर प्रतिनिधि सभामा काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिवद्धता लेखन समितिका संयोजक एवं एमालेका पूर्व केन्द्रीय सदस्य युवराज बाँस्कोटाले जनताका सुझाव, स्थानीय आवश्यकता र उम्मेदवारको दीर्घकालीन भिजनलाई समेटेर प्रतिबद्धतापत्र तयार गरिएको जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचन नजिकिंदै जाँदा मोरङ–३ मा चुनावी सरगर्मी पनि तीव्र बन्दै गएको छ । 

उम्मेदवार राईले आफूले सार्वजनिक गरेको प्रतिबद्धतापत्रले स्थानीय विकास र राष्ट्रिय मुद्दालाई सँगै समेट्ने दाबी गरे ।

View : 109

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved