विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तरगतको राष्ट्रिय (आईटीएफ) तेक्वान्दो संघको कोशी प्रदेश अध्यक्षमा एमाले निकट उद्योगी अरुण राठी चयन भएका छन् ।
एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका राठीको अध्यक्षतामा मंगलबार आयोजित प्रथम सम्मेलनबाट १७ सदस्यीय कमिटी चयन भएको जनाइएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा अभिषेक केडिया, उपाध्यक्षमा सन्तोषकुमार श्रेष्ठ, सचिवमा ओमकुमार श्रेष्ठ, सह–सचिवद्वयमा गोपाल पोद्दार र सुनिल श्रेष्ठ र कोषाध्यक्षमा प्रदीपकुमार कर्ण सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा धनबहादुर लखन्तरी, चन्द्रवती राई, प्रकाश लिङ्देन, आलोक राई, अनिसा सेलिङ, सजिना तामाङ, सार्थक पोखरेल, केरिसा आचार्य, जतिन ताम्रकार र बलराम गिरी चयन भएका छन् । निर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको रहेको जनाइएको छ ।
सम्मेलनको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव एवं नेकोसका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले उद्घाटन गरेका थिए ।
सम्मेलनलाई लोकतान्त्रिक खेलकुद संघ कोशीका अध्यक्ष वसन्त अर्याल, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने लगायतले शुभकामना दिएका थिए ।
राष्ट्रिय (आईटीएफ) तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रवीण कार्कीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा नेकपा एमाले मोरङ संगठन कमिटीका सचिव रविन थापा, नेकोसका स्थायी कमिटी सदस्य रोहित कोइराला, सन्तोष बान्तवा, विराटनगर–४ का वडाध्यक्ष जितेन थापा, एन्फा पूर्व उपाध्यक्ष सन्तोष बानियाँ लगायतको उपस्थिति थियो ।
View : 366
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved