Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

प्रविधिमैत्री बन्दै पूवि

उद्‌घोष संवाददाता
२ मंसिर २०८२, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) ले सूचना तथा प्रविधिको प्रयोगमार्फत विश्वविद्यालयबाट सम्पादन हुने विविध कार्यक्रमलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको जनाएको छ ।

हालै विश्वविद्यालयले केन्द्रीय कार्यालय र यस अन्तर्गतका १७ वटा निकायहरुमा सम्पादन हुने आर्थिक क्रियाकलापहरुलाई प्रविधिमैत्री बनाई वैज्ञानिक ढंगबाट लेखा व्यवस्थापन चुस्त, पारदर्शी र अझ प्रभावकारी बनाउन एकीकृत लेखा समाधान सफ्टवेयरको रुपमा  ‘इन्टेग्रेटेड एकाउन्टिङ सोलुसन सफ्टवेयर’ को उपकुलपति प्राडा बिजुकुमार थपलिया र रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीले सोमबार संयुक्त रुपमा उद्घाटन गरे ।

विश्वविद्यालयलाई थप प्रविधिमैत्री बनाउन, विश्वविद्यालयको अनुगमनलाई प्रभावकारी बनाउन एवं आवश्यक तथ्यांकहरुको वैज्ञानिक ढंगबाट संग्रह र विश्लेषण गर्न आगामी एक महिनाभित्र तयार हुने विश्वविद्यालय व्यवस्थापन प्रणालीका लागि ‘यूनिभरसिटी म्यानेजमेन्ट सिस्टम  सफ्टवेयर’ को नमूना  भर्सनको आवश्यक सुझावहरु लिने कार्यसमेत सम्पन्न भएको जनाइएको छ । 

सो कार्यक्रममा  विश्वविद्यालयका सबै संकाय डीनहरु, कार्यकारी निर्देशकहरु, योजना महाशाखा प्रमुख, निकायका प्रमुखहरु, प्रशासक र लेखा प्रमुखहरुको उपस्थिति थियो ।

View : 228

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved