Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बहिरा माविमा कला प्रदर्शनी

उद्‌घोष संवाददाता
१९ कार्तिक २०८२, बुधवार

विराटनगर । विराटनगर जेसिसको आयोजनामा विराटनगरस्थित विराट बहिरा माविमा ‘आर्ट वियोण्ड वर्ड्स’ विषयक कला प्रदर्शनी गरिएको छ ।

जेसिस सप्ताह–२०२५ अन्तरगत मंगलबार विद्यालयका विद्यार्थीहरूको सहभागितामा कला प्रदर्शनी गरिएको हो । 

जेसिस सप्ताह अन्तरगत चौथो कार्यक्रमका रुपमा विराट बहिरा माविका विद्यार्थीहरूलाई कला कर्ममा आकर्षण गर्न यस्तो कार्यक्रम गरिएको कार्यक्रम संयोजक जेसी आकृति रानी फुयालले जानकारी दिइन् ।

कार्यक्रममा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका मुख्य कार्यकारी अधिकृत निकिता कार्की लगायत विराटनगर जेसिसका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

View : 280

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved