Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

आधुनिक कृषि बजारमा मुक्तिनाथ कृषि कम्पनीको १० अर्ब लगानीको प्रस्ताव

उद्‌घोष संवाददाता
१५ भदौ २०८२, आइतवार

काठमाडौं । सार्वजनिक–निजी साझेदारीमार्फत अन्तर्राष्ट्रिय स्तरको आधुनिक थोक कृषि बजार स्थापना र सञ्चालन गर्ने उद्देश्यसहित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले शुक्रबार काठमाडौंको लाजिम्पाटमा कार्यशाला आयोजना गरेको छ ।

सो कार्यक्रममा किसानलाई ‘बायब्याक ग्यारेन्टी’ (पुनः खरिदको प्रत्याभूति) गरी उत्पादनमा प्रोत्साहन गर्न थोक बजार आवश्यक रहेको कम्पनीका प्रबन्ध सञ्चालक भरतराज ढकालले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानको जीवनस्तर उकास्न निजी क्षेत्र सक्रिय हुनुपर्नेमा जोड दिंदै मन्त्रालयको साथ रहने प्रतिबद्धता जनाए । 

सचिव डा गोविन्दप्रसाद शर्माले कृषि विधेयक मन्त्रिपरिषद्मा लैजाने अन्तिम तयारी भएको र ऐन कार्यान्वयनपछि उत्पादन, प्रशोधन र बजार व्यवस्थापन सहज हुने बताए ।

यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रशोधन र बजारीकरणका ठूला परियोजनामा लगानी बढाउन बोर्ड तत्पर रहेको उल्लेख गरे । महासंघका उपाध्यक्ष हेमराज ढकालले करार खेती ऐन निर्माणको आवश्यकतामा जोड दिए । 

सरकारले जग्गा र कानुनी व्यवस्था मिलाएमा पुराना बजार सञ्चालक र नया“ व्यवसायीलाई समेट्दै १० अर्ब रुपैयाँ लगानी गर्न तयार रहेको मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफ्लेले जानकारी दिए ।

View : 282

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved