कोशी प्रदेश ट्रफी टी-२० क्रिकेट प्रतियोगिता
विराटनगर, २४ फागुन । विराटनगर–१९ बैजनाथपुर खेल मैदानमा जारी कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी र मधेश प्रदेश विजयी भएका छन् ।
बिहीबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सबै विकेट गुमाई ९० रनमा सीमित भयो । गण्डकीका लागि दीपक डुम्रेले २८ रन बनाउँदा ईश्वर क्षेत्रीले १८ रन र समीर कँडेलले ११ रनको योगदान दिए ।
लुम्बिनीका प्लेयर अफ द म्याच विर मगरले ४ विकेट लिए । उनले ३ दशमलव १ बलमा १६ रन खर्चेका थिए । त्यस्तै निर्मल गुरुङ र कृष्ण कार्कीले समान २–२ विकेट बाँडे ।
९१ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव १ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । लुम्बिनीका देव खनालले ३४ रन जोड्दा आकाश त्रिपाठी २९ रनमा अविजित रहे । देवले २७ बलमा २ छक्का र ३ चौका प्रहार गरे । गण्डकीका सुवास भण्डारीले २ विकेट लिदा सन्दिप पराजुलीले १ विकेट लिए ।
दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १७ रनमा सिमित भयो ।
कोशीका श्रवण यादवले ९ बलमा २ छक्का र १ चौका प्रहार गरी २३, फिर्दोस अन्सारीले २२ रन, दिपेश कंडेलले अविजित २१ रन र सुजन थपलियाले १६ रनको योगदान दिए । मधेशका प्लेयर अफ द म्याच अविनाश तिबारी र रन्जित कुमारले तीन तीन विकेट लिए ।
तिवारीले ४ बलमा १ रन दिए । त्यस्तै राजेश यादव र हरिशंकर साहले २–२ विकेट लिए । १ सय १८ को लक्ष्य पछ्याएको मधेशले १९ दशमलव ३ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको थियो । मधेशका लागि अरनिको यादवले २७ रन बनाउदा मयन यादवले २४ रन र अविशेक तिवारीले १८ रनको योगदान दिए ।
कोशीका दिपेश कँडेलले ३ विकेट लिए । दिपेशले ४ ओभरमा किफायती बलिङ गर्दै १२ रन दिए । त्यस्तै फिर्दोस अन्सारी, भुपाल लुईंटेल र अंकित सुवेदीले समान १–१ विकेट लिए ।
शुक्रबारको पहिलो खेल सुदुरपश्चिम प्रदेश र नेपाल प्रहरी तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुने टुर्नामेन्ट कोअर्डिनेटर सुनिलकुमार पौडेले जानकारी दिए ।
View : 172
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved