Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एक्स्पोमा इनर्जी ड्रिङ सित्तैमा चाख्न पाइने

उद्‌घोष संवाददाता
१७ पुष २०८२, बिहिवार

विराटनगर । एस्ट्रिम इनर्जी ड्रिङको उत्पादन तथा बजारीकरण गर्दै आएको एग्रो थाई फूड्स प्रालि नेपाली पेय पदार्थ उद्योगमा आक्रामक बजार रणनीतिका साथ अघि बढिरहेको कम्पनी हो । 

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा उद्योग भएको एग्रो थाई फूड्स त्यो उत्पादन कम्पनी हो जसले इनर्जी ड्रिंक्स, कार्बोनेटेड पेय पदार्थ, हट फिल जुस, हाइड्रेशन ड्रिंक्स, नाटा डे कोको जुस र अन्य पल्पी जुस जस्ता विभिन्न पेय पदार्थहरूको उत्पादन र वितरण गर्दछ । 

अहिले नेपालका सडकका किनारा तथा घरहरूका भित्ता एवम् पसलहरूमा जताततै देखिने निलो रंगको एक्स्ट्रिम इनर्जी ड्रिङ यही कम्पनीले बजारीकरण गरिरहेको उत्पादन हो । 

आक्रामक बजार नीतिका साथ अघि बढेको यो कम्पनीले विराट ट्रेड एक्स्पोमा दुई अलग–अलग ठाउँमा स्टल राखेको छ । 

हल १ को स्टल नं. ३४ मा जोकोहीले इनर्जी ड्रिङ चाख्न पाउँछन् । फुड स्टलमा पनि कम्पनीको अलग्गै स्टल छ ।

त्यहाँ खाजा खानेहरूले खोजेकै ठाउँमा इनर्जी ड्रिङ पाउन सकून् भनेर स्टल राखिएको कम्पनीका बिक्री प्रतिनिधि दिनेश घिमिरे बताउँछन् ।

एक्स्पोमा कम्पनीले हरेक आइटममा केही छुटको व्यवस्था पनि गरेको घिमिरेले बताए । इनर्जी ड्रिङस् जुनसुकै उमेर समूहका व्यक्तिले रुचाएको उनले बताए ।

स्टलमै भेटिएका विराटनगर राजवंशी चोकका सुमन लुईंटेल आफूले दिनमै दुईचार वटा इनर्जी ड्रिङ पिउने गरेको बताउँछन् । 

एस्ट्रिम इनर्जी ड्रिङसँगै एग्रो थाई फूड्सले उत्पादन गरेका अन्य पेय पदार्थहरू पनि उपभोक्तामाझ लोकप्रिय बन्दै गइरहेका छन् ।

विराट ट्रेड एक्स्पोमा कम्पनीको सक्रिय सहभागिताले ब्रान्डको पहुँच अझ विस्तार हुने विश्वास लिएको घिमिरेले बताए ।

View : 109

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved