Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङमा ३ हजार ८ सय नयाँ मतदाता थपिए

उद्‌घोष संवाददाता
१८ कार्तिक २०८२, मङ्गलवार

विराटनगर । जेनजी आन्दोलनपछि सरकारले फागुन २१ मा घोषित गरेको निर्वाचनका लागि मोरङमा नयाँ मतदाता थपिने क्रम जारी छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सोमबारसम्म ३ हजार ८२१ जनाले मतदाता नामावली दर्ता गराएका छन् । 

कार्यालयका अनुसार अहिलेसम्म ३ हजार ८२१ जना नयाँ मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार अहिले दैनिक दुई सयको संख्यामा नामावली दर्ताका लागि कार्यालय पुग्ने गरेका छन् । त्यसरी पुग्नेमध्ये झण्डै ९० प्रतिशत युवा उमेरका छन् । 

अन्य १० प्रतिशत भने विभिन्न कारणले मतदाता नामावलीमा नाम समावेश नभएका व्यक्ति नामावली दर्ताका लागि कार्यालय आइरहेको उनले बताए ।

असोज १० गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्य कात्तिक मसान्तसम्म चल्ने जनाइएको छ ।

View : 246

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved