Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ट्राफिक प्रहरीलाई गाउँपालिकाद्वारा कम्प्युटर प्रदान

उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

Advertisement

विराटनगर । कटहरी गाउँपालिकाले ट्राफिक प्रहरी पोष्ट हाटखोलालाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ । 

गाउँपालिकाले ट्राफिक प्रहरीलाई डेस्कटप कम्प्युटर एकथान र थ्री इन वन प्रिन्टर एक थान प्रदान गरेको हो । 

गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा कटहरीका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी र प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले ट्राफिक प्रहरी पोष्ट हाटखोलाका सई प्रेमकुमार साहलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । 

गाउँपालिकाले ट्राफिकलाई प्रदान गरेको कम्प्युटर र प्रिन्टरको मूल्य एकलाख ३५ हजार रहेको जनाइएको छ ।

View : 306

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved