विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्लब इटहरी विजयी भएका छन् ।
विराटनगर जुट मिलको खेल मैदानमा भएको पहिलो खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लब रानीलाई ३–१ गोलले हराउँदै गछिया विजयी भएको हो ।
जितको लागि गछियाको तर्फबाट सन्देश श्रेष्ठ, होमनाथ बराल र सिताराम बास्तोलाले गोल गरे । मिल्सको तर्फबाट बिजय राईले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच गछियाको इन्द्र राई भए ।
आइतबार नै भएको दोस्रो खेलमा हाम्रो भेटान्स क्लब इटहरीले दमक लखनपुर भेटान्स क्लबलाई १–० गोलले पराजित गर्यो । जितको लागि इटहरीका लिलाराम मगरले निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच भए ।
सोमबारको पहिलो खेल ग्रामथान र जनता क्लब इटहरीबीच हुनेछ भने दोस्रो खेल मनिङ विराटनगर र धरान भेट्रान्स क्लबबीच हुनेछ ।
मिल्स भेट्रान्स फुटबल क्लब रानीको आयोजना भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटा भेट्रान्स फुटबल क्लबहरूको सहभागिता रहेको मिल्स भेट्रान्स क्लबका अध्यक्ष इन्द्रराजा(राजु) थापाले जानकारी दिए ।
View : 156
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved