Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छुः नेता डा कोइराला

उद्‌घोष संवाददाता
२१ चैत २०८२, शनिवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताएका छन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताृाए ।

डा कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का बनाउने पक्षमा रहेको जिकिर गरे ।

“मलाई सामाजिक सञ्जालमा यो वा त्यो पक्षको भनेर प्रचार गरेको सुनेको छु, तर म पार्टीको कुनै समूहमा छैन । मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने हो, त्यसका लागि म अन्तिमसम्म प्रयास गर्छु”, उनले भने ।

नेता डा कोइरालाले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताले पार्टी नछोडी मत मात्रै फेरेको भन्दै आगामी दिनमा त्यो भोटलाई ‘सिफ्ट’ हुन नदिने गरी क्रियाशील हुनुपर्नेमा जोड दिए ।

उनले संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण भएको उल्लेख गरे ।

बिपी स्मृति अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका डा कोइरालाले बिपी कोइरालाको नाममा खोलिएको यस अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूले विशेष योगदान दिनसक्ने बताए ।

View : 187

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved