विराटनगर । पूर्व सांसद तथा नेकपा (एमाले) की अग्रज नेतृ वसन्तीदेवी यादव रास्वपामा प्रवेश गरेकी छन् ।
उनलाई रास्वपा मोरङ–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरिन् ।
कार्यक्रममा यादवले देशमा नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याउँदै रास्वपा रोजेको बताइन् । ‘जनताले पारदर्शी र जवाफदेही नेतृत्व खोजिरहेका छन्,’ उनले भनिन् ।
सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादवसहित २३८ जना नेता–कार्यकर्ताले पनि रास्वपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले टीका र सदस्यता प्रदान गरेका थिए ।
View : 114
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved