Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

उपभोक्ता सचेतना पुरस्कार मोहनकाजीलाई

उद्‌घोष सम्वाददाता
४ चैत २०८१, सोमवार

विराटनगर । यसवर्षको मार्सेली उपभोक्ता सचेतना पुरस्कारबाट झापाका पत्रकार मोहनकाजी न्यौपाने पुरस्कृत बन्ने भएका छन् ।

मेचीनगर–१० निवासी वरिष्ठ पत्रकार न्यौपाने लोकतन्त्रपोष्ट डटकमका प्रधान सम्पादक हुन् । न्यौपानेले  उपभोक्ता जागरण अभियान नेपाल झापा जिल्ला समितिको अध्यक्ष भएर काम गरिसकेका छन् भने हाल उनी केन्द्रीय सदस्य छन् ।

उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारीद्वारा स्थापित यो पुरस्कार पहिलो पटक न्यौपानेले प्राप्त गर्न लागेका हुन् ।  प्रत्येक वर्ष विश्व उपभोक्ता अधिकार दिवसका दिन घोषणा गरेर राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवस साउन ४ मा वितरण हुनेछ ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिने घोषणा भएको हो । सोही कार्यक्रममा जागरण अभियान वार्षिक स्मारिका अंक ९ को लोकार्पण भएको थियो । 

अध्यक्षता राष्ट्रसेवक सहकारीका अध्यक्ष जीवन काफ्लेले र  सञ्चालन सचिव ओम सुवेदीले गरेको कार्यक्रममा प्रमुख अथिति साहित्यकार बलराम पोखरेल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगर प्रमुख हितेष बस्नेत, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशकी महाशाखा प्रमुख दुर्गा भण्डारी बराल, मणि अर्याल, प्रा. कविराज न्यौपाने, त्रिलोक न्यौपाने, मधु पोखरेल, तुलसीनारायण अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रममा पुरस्कार र स्मारिकाबारे कृष्णप्रसाद भण्डारी मार्सेलीले प्रकाश पारेका थिए ।

View : 170

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved