विराटनगर । कोशी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो कन्याम । इलाम जिल्लामा रहेको चर्चित पर्यटकीय स्थल कन्याम जुनसुकै याममा पनि भरिभराउ हुने गरेको छ ।
नेपाली र अङ्ग्रेजी नयाँ वर्ष सहित विभिन्न चाडबाडका अवसरमा इलाम घुम्ने बाह्य र आन्तरिक पर्यटकहरूको घुइँचो देखिन्छ ।
घुमफिर गर्नेहरूले कन्याम जहिल्यै भरिभराउ हुन्छ । एक दिने छोटो बिदाको सदुपयोग गर्नेदेखि लामो बिदा मनाउन पनि कन्याम पुग्ने गरेका छन् । लामो बिदा लिएर कन्यामसँगै नजिकका अन्य पर्यटकीय क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् ।
कन्याममा आन्तरिक पर्यटकको लर्को टुट्दैन । भारतीय पर्यटक पनि कन्याममा पुग्ने गरेका छन् । जसका कारण यहाँका होटल र होमस्टेहरू भरिभराउ हुन्छन् ।
भारतको सिक्किम, विहार, सिलगुडी, दार्जिलिङ र पश्चिम बङ्गालका अन्य क्षेत्रका पर्यटकहरू कन्याम घुम्दै श्रीअन्तुसम्म पुग्ने गरेका छन् ।
कन्यामको चियाबारीमा नेपाली पहिचान झल्कने विभिन्न जातजातिका पोसाक लगाएर फोटो खिच्नेहरू उत्तिक्कै भेटिन्छन् ।
कन्याममा सुन्दर पुष्ट घोडाहरूमा घोडचढी गरेर रमाइलो गर्न पाइन्छ । चिया बगानमा डुल्न घुम्न पाइन्छ ।
कन्याम जहिल्यै सुन्दर देखिन्छ । सँधै उमङ्गले भरिएर हामीलाई पर्खिरहेको हुन्छ ।
View : 278
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved