विराटनगर : विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर क्रिकेट रंगशालाको वर्तमान अवस्थाबारे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले अनुगमन गरेका छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका कारण त्यहााको अत्यावश्यक मर्मत र खेल सञ्चालनको सम्भाव्यताबारे रंगशालामै स्थलगत रुपमा अनुगमन गरिएको क्रिकेट संघ मोरङका सचिव अशोक रेग्मीले जानकारी दिए ।
बैजनाथपुर रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका कारण ३ अर्ब ६९ करोड रुपैयाा बराबरको लगानी सरकारले गर्ने सदस्य सचिव घिसिङले जानकारी दिएको सचिव रेग्मीले बताए । उनले रंगशालामा नियमित खेल गतिविधि नभएका कारण आवश्यक साधारण मर्मत सम्भारको काम पनि हुन नसकेको बताए ।
रंगशालामा पहिलो काम खेल खेलाउनु पर्छ, हामीले वार्षिक तालिका नै बनाएर त्यसको जानकारी क्यान समेतलाइ दिएका छौं’ सचिव रेग्मीले भने, ‘सिजन मिलाएर खेल खेलाएपछि मात्रै रंगशालाले गति लिन्छ, यसबारे सदस्य सचिवज्यूलाई पनि भनिसकेका छौं ।’
उनले सरकारी घोषणाका कारण अब रंगशालाका खेल गतिविधिका साथै आवश्यक मर्मत सम्भार लगायतका पूर्वाधार निर्माणका काम व्यापक रुपमा सुरु हुनेमा संघले विश्वास लिएको बताए ।
View : 504
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved