विराटनगर । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित बिसं २०८१ सालको एसईई परीक्षामा जेभियर्स स्कुलका विजय पौडेलले बुढीगंगा गाउँपालिकाबाट प्रथम स्थान हासिल गरेका छन् ।
एसईईको असारमा प्रकाशित नतिजामा पौडेलले ३.९१ जीपीए ल्याई मोरङको बुढीगंगा गाउँपालिका भित्रबाट उत्कृष्ट भएका हुन् । त्यसैगरी जेभियर्स कै अञ्जली दास ३.८८ जीपीएसहित बुढीगंगा दोस्रो हुन सफल भएकी छन् ।
यसै वर्ष भएको कक्षा ८ तर्फको बुढीगंगाका गाउँपालिकास्तरीय वार्षिक परीक्षामा ३.९४ जीपीएसहित अंकित कार्की प्रथम भएका थिए भने गत सालको कक्षा १२ को परीक्षाको नतिजामा पनि जेभियर्सकै कुशल बराइली प्रथम भएका थिए । यसले बुढीगङ्गा क्षेत्रभित्र अग्रणी शैक्षिक संस्था भएको पुष्टि गर्दछ ।
विद्यालयका प्रधानाध्यापक परेश पोखरेलले जेभियर्सलाई यस क्षेत्रको एक अब्बल शैक्षिक संस्था बनाउन मानव सशांधनमा आधुनिक शिक्षण सिकाइ तथा सीप विकाश तालिम र विद्यार्थीका लागि आवश्यक भौतिक पूर्वाधारमा ठूलो लगानी गरेको बताए ।
चुस्त शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि जेभियर्सले विशेष ध्यान दिएको तथा समुचित लगानी गरिरहेको कुरा गत वर्ष सम्पन्न भएको बुढीगंगास्तरीय राष्ट्रपति कपले प्रमाणित गरेको छ । जसमा जेभियर्सले समग्रमा दोस्रो स्थान तथा संस्थागत विद्यालयतर्फ पहिलो स्थान प्राप्त गरेको थियो ।
View : 605
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved