Biratnagar, Morang, Nepal
२० असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइनबाटै कर्जा आवेदन दिन सकिने सुविधा सुरु

उद्‌घोष संवाददाता
२० असार २०८३, शनिवार

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शनिबारदेखि अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले डिजिटल माध्यमबाट कर्जा आवेदन दिने व्यवस्था सुरु गरेको जनाएको छ ।

बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार अब सेवाग्राहीले घरबाटै अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन् । यसबाट कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे हुने अन्योल अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

रेग्मीले कर्जा प्रक्रियालाई अझ सरल, पारदर्शी र झन्झटरहित बनाउन यो सेवा सुरु गरिएको बताउँदै बैंकको आधिकारिक वेबसाइटमा रहेको अनलाइन कर्जा आवेदन लिंकमार्फत डिजिटल कर्जा पोर्टलमा प्रवेश गरेर आवेदन दिन सकिने जानकारी दिए ।

बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र ग्राहकलाई सहज बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

View : 50

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved