विराटनगर । टंकिसिनवारी जुनियर जेसीजद्वारा आयोजित ‘भीम–अजिता वक्तृत्वकला च्याम्पियनसिप’ मा विराटनगर जुनियर जेसीजकी सहसचिव अंकिता निरौलाले उत्कृष्ट प्रस्तुति दिंदै प्रतियोगिताको प्रथम स्थान हात पारेकी छन् ।
शनिबार भएको सो प्रतियोगितामा बेलबारी जुनियर जेसीजकी दीक्षा कार्की दोस्रो र इन्द्रपुर जूनियर जेसीजका बिशाल तिम्सिना तेस्रो भए ।
विजेताहरूलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका विभिन्न शाखाबाट सहभागी भएका थिए ।
प्रतियोगिताको मूल्याङ्कन पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकी प्राध्यापक सुशीला काफ्ले न्यौपाने र उर्लाबारी जेसीजका पूर्व अध्यक्ष सीताराम ओझाले गरेका थिए ।
उनीहरूले प्रस्तुति, तर्कसंगति, भाषा र आत्मविश्वासलाई प्रमुख सूचक मान्दै अंक प्रदान गरेका थिए ।
कार्यक्रममा टंकीसिनवारी जेसीजका संस्थापक अध्यक्ष भीम घिमिरे, विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहाल र टंकीसिनवारी जेसीजका अध्यक्ष अनिष भट्टराई, आयोजक टंकीसिनवारी जुनियर जेसीजका अध्यक्ष यसकुमार भुजेल लगायतको सहभागिता थियो ।
View : 533
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved