विराटनगर । इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त आक्रमणपछि मध्यपूर्वमा उत्पन्न युद्धको छायाँले खाडी मुलुकमा कार्यरत करिब २० लाख नेपाली श्रमिकहरूमा गम्भीर चिन्ता र त्रास फैलाएको छ ।
इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी र इजरायली सैन्य संरचनालाई लक्षित गरी जवाफी प्रहार सुरु गरेपछि यूएई, कतार र साउदी अरबजस्ता देशहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
बढ्दो जोखिमलाई दृष्टिगत गर्दै नेपाल सरकारले तत्कालका लागि खाडी मुलुक जाने श्रमिकहरूको श्रम स्वीकृति स्थगित गरेको छ ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार विमानस्थलमा रहेका नेपालीलाई घर फर्कन आग्रह गरिएको छ र आवश्यकता परेमा उद्धारका लागि योजना बनाइँदै छ ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved