Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

धरान–१ मा हर्क आफैं पछाडि, तीन क्षेत्रका उम्मेदवार भने अगाडि

उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

विराटनगर । धरान उपमहानगरपालिकाको मेयरबाट राजिनामा दिंदै श्रम संस्कृति पार्टी खोलेर धरान–१ मा प्रतिनिधिसभा सदस्यको चुनाव लडेका हर्क साम्पाङ प्रतिष्पर्धामा भने पछि परेका छन् । तर उनको पार्टीबाट माटो चुनाव चिन्ह पाएर उम्मेदवार बनेका अन्य तीन उम्मेदवारले अग्रता कायम गरेका छन् ।

धरान–१ मा रास्वपाबाट गोमा तामाङले अग्रता बनाएकी छन् । हर्क उनीभन्दा निकै पछाडि परेका छन् । तामाङले ४६१ मत प्राप्त गर्दा हर्कले १५४ मत मात्रै पाएका हुन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार पाँचथर, धनकुटा र भोजपुरमा अग्रता बनाएका छन् । 

पाँचथरमा श्रम संस्कृतिका हस्त राज शेर्माले ३०३ मत पाएका छन् । शुक्रबार अपरान्ह सुरु भएको मतगणनाको पहिलो परिणाम अनुसार दोस्रो स्थानमा कांग्रेसका नरेन्द्र कुमार केरुङ छन् । केरुङले १८६ मत पाएका हुन् ।

धनकुटामा सानबहादुर राई २८५१ मतसहित अघि छन् । एमालेका राजेन्द्र कुमार राई २००१ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

भोजपुरमा मतगणना सुरु हुँदा माटोका ध्रुवराज राईले झिनो मतान्तर कायम गरेका छन् । उनले ४६७ मत प्राप्त गर्दा एमालेका शेरधन राईले ४६० मत ल्याएका छन् ।

View : 70

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved