विराटनगर । विराटनगर–११ जनपथ टोलमा स्वदेशी उत्पादनका उपभोग्य बस्तुहरु राखिएको विक्री भण्डार खोलिएको छ । बाँसको भाटाबाट निर्माण गरिएको घरमा खोलएको आरम्भ नेपाली भण्डार आइतबारबाट प्रारम्भ भएको हो । सञ्चालक अर्पण पाण्डेले भण्डारमा स्वदेशी उत्पादन तथा उपभोग्य बस्तुहरु सुलभ मूल्यमा विक्रीको व्यवस्था मिलाएको बताए ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य राजु मास्के, विराटनगर–११ का सभापति रामसुन्दर राजवंशी लगायतको उपस्थितिमा भण्डारको आरम्भ गरिएको हो ।
View : 52
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved