विराटनगर । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ खत्रीगाउँस्थित हर्कटे खोलाले मोटरसाइकलसहित बगाउँदा एक युवकको ज्यान गएको छ ।
मंगलबार साँझ हर्कटे खोलामा आएको बाढीले बगाउँदा थुलुङ दुधकोशी गाउँपालिका–८ अम्रासका ३८ वर्षीय मिङमार तामाङको मृत्यु भएको जनाइएको छ ।
नेलेमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका तामाङलाई नेले हाटबाट घर फर्किने क्रममा हर्कटे खोलामा आएको बाढीले बगाएको थियो ।
स्थानीयले खोलामा मोटरसाइकलको लाइट बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तामाङको शव सडकबाट करीव तीन सय मिटर तल फेला परेको सोलु प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि थुलुङ दुधकोशी अस्पताल मुक्ली पठाइएको जनाइएको छ ।
View : 379
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved