Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

सातौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको तीन ठाउँमा अडिसन

उद्घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

फाइल फोटो ।

Advertisement

विराटनगर । सातौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको अडिसन तीन ठाउँमा हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिताको अडिसन विराटनगर, इटहरी र धरानमा हुने भएको छ । विराटनगरमा आउँदो शनिबार अडिसन हुने जनाइएको छ । 

इटहरीमा भदौ ८ गते र धरानमा भदौ १५ गते अडिसन हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छनौट भएका प्रतियोगीहरू फाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद र विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् ।

छैटौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका थिए । 

बालबालिकाहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता  प्रत्येक वर्ष हुँदै आएको छ । विगतको वर्षहरूमा जस्तै यो पटक पनि भव्य र सभ्य तरिकाले सातौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने अध्यक्ष रायले बताए ।

‘प्रतियोगितामा भाग लिने इच्छुक बालबालिकाहरूको लागि आवेदन पनि खुला गरिएको छ’ अध्यक्ष रायले भने, ‘आवेदन अनलाइनबाट पनि दिन सकिने गरीको व्यवस्था हामीले गरेका छौं ।’

View : 255

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved