Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नोबेलमा नर्सहरूले फेरि सुरु गरे आन्दोलन

उद्‌घोष संवाददाता
२० कार्तिक २०८२, बिहिवार

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज व्यवस्थापनले आन्दोलनरत नर्सहरूको माग सुनुवाई नगरेपछि फेरि आन्दोलनमा उत्रिएका छन् ।

सरकारले तोकेको न्यूनतम् पारिश्रमिकको माग गर्दै नर्सहरूले बुधबार नोबेल मेडिकल कलेज अगाडिको मूल प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् ।

नर्सहरूले नोबेल मेडिकल कलेजको न्यूरो लगायतका वार्डमा कार्यरत नर्सहरूले प्राङ्गणमा भेला भएर न्यूनतम् पारिश्रमिक र सेवा–सुविधा माग गर्दै आन्दोलित बनेका थिए । 

सरकारले तोकेको न्यूनतम् पारिश्रमिकको माग गर्दै नर्सहरूले आन्दोलन गरेका छन् ।

उनीहरूले आन्दोलनरत नर्सहरूलाई अस्पताल प्रशासनबाट धम्कीसमेत आउन थालेको भन्दै त्यसको पनि विरोध जनाएका छन् ।

‘वी वान्ट टु जस्टिस, नो पे नो वर्क, महंगो अस्पताल–सस्तो नर्स, नर्स पनि मानव हो’ जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन् ।

उनीहरूले विगतमा पनि आफ्ना माग शान्तिपूर्ण रुपमा अस्पताल प्रशासनलाई प्रस्तुत गरे सुनुवाइको प्रक्रिया अघि नबढाएको भन्दै बुधबारदेखि प्रदर्शन लगायतका कार्यक्रम सुरु गरेको बताए । 

नर्सहरूको आन्दोलनका कारण मेडिकल कलेजको बहिरङ (ओपीडी) सेवा भने प्रभावित भएको छ । 

नर्सहरूले आकस्मिक लगायतका संवेदनशील वार्डको सेवा भने नरोकेको बताएका छन् ।

View : 309

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved