विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको उपसचिवमा अनेरास्ववियुबाट एमालेको राजनीतिमा उदाएर बौद्धिक क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी हिमा मैनाली (पोखरेल) ले सशक्त दाबी गरिरहेकी छन् । उनले महानगर कमिटीको दोस्रो अधिवेशनबाट आफू उपसचिवमा निर्वाचित हुने दाबी गरेकी हुन् ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी उनी लामो समयदेखि पूर्वकै सबैभन्दा ठूलो र ऐतिहासिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अध्यापन गराउदै आएकी छन् ।
आफ्नो उम्मेदवारीको विषयमा अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले चासोपूर्ण रुपमा हेरिरहेको बताइन् ।
झापामा जन्मिएर २०६० सालदेखि विराटनगरलाई कर्मथलो बनाएकी मैनालीले विद्यालय अध्ययनकै क्रममा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी हुन् ।
अहिले एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) महानगर कमिटीकी सचिव रहेकी मैनाली पार्टीको महानगर कमिटीको निर्वाचनमा उपसचिवको सशक्त दाबेदार रहेकी छन् ।
एमाले महानगर कमिटीकी निवर्तमान सचिवालय सदस्य समेत भइसकेकी मैनालीसग वडा नम्बर १२ मा लामो समय पार्टीको सचिव भएर काम गरिसकेको अनुभव छ ।
एमालेभित्र बौद्धिक महिला नेतृका रुपमा आफूलाई स्थापित गराउन सफल भएका कारण आफूलाई प्रतिनिधिहरूले लोकप्रिय मतका साथ विजयी गराउनेमा विश्वस्त रहेको बताइन् ।
‘मैले लामो समयदेखि महानगरकै कमिटीमा पनि विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक नेतृत्व गरिसकेको अनुभव छ, अव पदाधिकारीमा अघि बढ्नु मेरो अधिकारको विषय पनि हो’ उनले भनिन्, ‘प्रतिनिधिहरूले यसको मूल्याङ्कन अवश्य नै गर्नु हुनेछ, मलाई विश्वास गर्नुहुनेछ ।’
View : 981
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved