Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

बुद्धोदय सहकारीको साधारणसभा

उद्‌घोष सम्वाददाता
१९ मंसिर २०८१, बुधवार

विराटनगर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगर–३ ले आर्थिक बर्ष २०८०–८१ मा साढे ५९ लाख बढी खुद बचत गरेको छ ।

सो सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधारण सभाका अवसरमा बुधबार आयोजित कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद खनालले सो अवधिमा संस्थाले ५९ लाख ५२ हजार २ सय ३१ रुपैयाँ खुद बचत गरेको बताए । 

उनले सो अवधिमा शेयर सदस्यहरुलाई १३ प्रतिशत शेयर लाभांश प्रदान गरिएको जानकारी दिंदै प्राप्त शेयर लाभांसलाई शेयर रकममा परिणत गर्ने प्रस्तावसमेत पेश गरे । 

अध्यक्ष खनालले आर्थिक बर्ष २०८०–८१ मा नाफा र कार्य सञ्चालनबाट सहकारीले नेपाल सरकारलाई आयकर र ब्याजकर समेतगरी २२ लाख ८० हजार ६ सय बढी रकम राजश्व बुझाएको जानकारी दिए । 

संस्थाका लेखा समिति संयोजक अविनाशकुमार निधिले २०८१ असार मसान्तसम्म संस्थाको शेयर पुँजी २ करोड ५० लाख ४८ हजार ९ सय रुपैयाँ रहेको बताए । उनले संस्थाको निक्षेप बचत ११ करोड १५ लाख ५० हजार रहेको बताउँदै ऋण लगानी भने ११ करोड ६ लाख ५० हजार बढी रहेको रहेको जानकारी दिए । 

साधारण सभामा ६५ बर्ष माथिका १३ जना  शेयर सदस्यलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उनीहरुलाई सम्मान गरे । यसैगरी असल ऋणी दुईजना, एसईई र प्लस टुमा उत्कृष्ट अंक ल्याएर उतीर्ण गर्न सफल शेयर सदस्यका छोराछोरी ४ जना र म्यूजिकल चेयरका बिजेता ३ जनालाई समेत सम्मान गरिएको संस्थाका ब्यवस्थापक अमित रेग्मीले जानकारी दिए । 

सो अवसरमा संस्थाका कर्मचारी रबिना दाहाललाई सर्वोत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो ।

View : 69

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved