विराटनगर । प्रताप आदर्श सेवा समूहको २१ औं साधारण सभा शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा ९६ वर्षीया कुमारी कार्की र ८८ वर्षीय धर्मध्वज थापालाई सम्मानित गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले जानकारी दिए । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले सम्मानित ज्येष्ठ नागरिकहरूलाई सम्मान पत्र प्रदान गरे ।
कार्यक्रममा विराटनगर–३ का वडाध्यक्ष बासुबहादुर बस्नेत, साहित्यकार बलराम पोखरेल, समाजसेवी महेश रेग्मी, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, डा कैलाश श्रेष्ठले संस्थाले सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । त्यसैगरी टोल संगठनका अध्यक्ष सान्नानी खत्रीले समेत शुभकामना दिएकी थिइन् ।
View : 54
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved