Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नब्बे लाखको लागतमा इप्रका विर्तामोड र ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माण, कार्यक्षेत्रमा फर्किए प्रहरी

उद्‌घोष संवाददाता
१५ असोज २०८२, बुधवार

बिर्तामोड । जेन्जी आन्दोलनमा भग्नावशेषमा परिणत भएका झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी र ट्राफिक प्रहरी कार्यालयका भवन ९० लाखको लागतमा पुनर्निर्माण भएका छन् । दुवै भवनको वुधबार आयोजित एक कार्यक्रममा उद्घाटन गरिएको छ ।

त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलसहितको टोलीलाई नगरवासीले फूलमालासहित टोलीलाई अभिनन्दन गरेका थिए ।

त्यसअघि प्रहरीहरूका साथ नगरप्रमुख पवित्रा महतरा, उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महासंघ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटीलगायत नगरवासीको टोलीले नगर परिक्रमा गरेको थियो ।

View : 345

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved