विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले प्रदेशमा हालसालै सरुवा भएर आएका कार्यालय प्रमुखहरूलाई स्वागत तथा सम्मान गरेको छ ।
परिसंघले कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएर आएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, शसस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वबन्धु खड्का, राष्ट्रिय अनुसन्धान विभाग मोरङका अनुसन्धान उपनिर्देशक तिलक प्रसाईलाई स्वागत गरेको हो ।
उनीहरूलाई परिसंघका कोशी प्रदेश अध्यक्ष पवन सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, प्रमुख सल्लाहकार महेश जाजु, उपाध्यक्ष कृष्णकुमार अग्रवाल, गिरिजा सारडा, कोषाध्यक्ष साकेत राठी, महानिर्देशक विजयहरि शर्मा, राष्ट्रिय उपाध्यक्ष भीम घिमिरेलगायत पदाधिकारीहरूले स्वागत तथा सम्मान गरेका हुन् ।
स्वागत तथा सम्मान कार्यक्रममा परिसंघका कोशी अध्यक्ष पवन सारडाले भारतबाट व्यापारिक औद्योगिक कच्चा पदार्थ लिएर आउँदा हुने समस्या, पर्यटक लिएर आउँदा भारतीय नम्बर प्लेटका सवारी साधन आवत जावतमा भएको समस्या, भारु समस्या, औद्योगिक करिडोरक सुरक्षा व्यवस्थापनका सम्बन्धमा जानकारी सहितका समस्याहरू अवगत गराएका थिए ।
View : 165
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved