Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

निषेधित क्षेत्र बाहिर केदार कार्कीको अनशन जारी

उद्घोष सम्वाददाता
२६ भदौ २०८१, बुधवार

विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशनमा बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबार रातीदेखि ठाउँ परिवर्तन गरेका छन् । 

प्रहरीले उनलाई निषेधित क्षेत्रबाट हटाएर भ्यानमा हालेर घर पुर्‍याइदिएको थियो । तर उनी घरबाट पुनः फर्किएर निषेधित क्षेत्र बाहिर अनशनलाई निरन्तरता दिइरहेका छन् ।

कार्कीले अहिले निषेधित क्षेत्र बाहिर पर्ने देवकोटा चोकभन्दा पूर्वपट्टि अनशन जारी राखेका हुन् । मंगलबार मोरङ प्रशासनले देवकोटा चोक पूर्व प्रदेश सभा भवन हुँदै कोशी अस्पताल चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । 

कार्कीले मंगलबार अपरान्ह करिव ४ बजे निषेधित क्षेत्रभित्रै पर्ने विराटनगर–७ स्थित देवकोटा चोक पश्चिम रहेको बनस्खण्डी महादेव मन्दिरको गेट अगाडि अनशन सुरु गरेका थिए ।

कार्कीले विभिन्न ९ वटा माग राख्दै अनशन सुरु गरेका हुन् । उनले आफ्नै दलको समर्थन रहेको एमाले नेतृत्वको वर्तमान सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफूले सुरु गरेका कार्यक्रम कटौती गरेको दाबी गर्दै आएका छन् ।

View : 150

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved