Biratnagar, Morang, Nepal
६ चैत २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

१४ चैतभित्र वडागत समीक्षा प्रतिवेदन बुझाउन एमाले विराटनगरको निर्देशन

उद्‌घोष संवाददाता
५ चैत २०८२, बिहिवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले प्रतिनिधिसभा निर्वाचनको निर्वाचन समीक्षा प्रतिवेदन चैत १४ भित्र बुझाउन १९ वटै वडा कमिटीलाई निर्देशन दिएको छ ।

महानगर कमिटीले जिल्ला कमिटीको सर्कुलरको आधारमा वडा कमिटीहरूलाई समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । 

उक्त निर्देशनमा वडा तहमा निर्वाचन परिचालन, व्यवस्थापन, तथ्यांक, कमजोरी, सुझाव र आगामी कार्यदिशासहितको प्रतिवेदन तयार गर्न भनिएको महानगर कमिटी अध्यक्ष बलराम गिरीले बताए । 

एमाले विराटनगर महानगर कमिटीको तेस्रो पदाधिकारी बैठकपछि वडा कमिटीहरूलाई गरिएको सर्कुलरमा चैत १२ चैतभित्र वडा कमिटीको बैठक बसेर छलफल गर्न निर्देशन दिइएको उनले बताए ।

समीक्षा बैठकमा वडा कमिटीका सदस्यहरूले मात्रै आफ्नो धारणा राख्ने व्यवस्था गरिएको उनले जानकारी दिए । 

बैठकमा उठेका विषय, समस्या र सुझावलाई माथिल्लो कमिटीका जिम्मेवार नेताहरूले टिपोट गरी सम्बन्धित कमिटीमा छलफलका लागि लैजाने व्यवस्था मिलाइएको उनले बताए । 

बैठकमा केन्द्रीय समिति सदस्य तथा मोरङ इन्चार्ज ऋषिकेश पोखरेल, केन्द्रीय समिति सदस्य तथा महानगर इन्चार्ज पर्शुराम बस्नेत, केन्द्रीय निर्वाचन आयोग सदस्य भूपाल राई र मोरङ जिल्ला कमिटी उपाध्यक्ष सागर थापा लगायतको उपस्थिति रहेको थियो ।

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved