Biratnagar, Morang, Nepal
२२ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

जिल्लास्तरीय प्याब्सन चित्रकला प्रतियोगितामा २० विद्यार्थी छनौट

उद्‌घोष सम्वाददाता
२० जेठ २०८२, मङ्गलवार

विराटनगर । प्याब्सन विराटनगर महानगर समितिको आयोजनामा  भएको महानगरस्तरीय चित्रकला प्रतियोगिताबाट २० जना विद्यार्थी छनौट भएका छन् । जिल्ला स्तरीय प्रतियोगिताका लागि उनीहरू छनौट भएका हुन् । 

मंगलबार सम्पन्न छनौट प्रतियोगीतामा सिनियरतर्फ ११ र जुनियर तर्फ ९ जना गरी २० जना विद्यार्थी जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका हुन् । 

सिनियर समूहतर्फ बुढानिलकण्ठ स्कुलका योगराज साह प्रथम घोषित भएका छन् । द्वितीय दिल्ली पब्लिक स्कुलकी प्रेरणा पण्डित, ग्रेडेड स्कुलकी कृतिका यादव तृतीय तथा एभरेष्ट स्कुलकी रोनी सापकोटा चौथो भइन् । 

सिनियर समूहबाटै मोर्डन एरा स्कुलकी अंकिता श्रेष्ठ, हेरिटेज स्कुलकी इच्छा बज्राचार्य, पूर्वाञ्चल विद्या सदन स्कुलकी अनिशा राई, डिएभी स्कुलकी सलोनी सोनी, मदरल्याण्ड स्कुलका ओमप्रकाश शर्मा, गौतम बुद्ध स्कुलका आयुष्मा आचार्य र बिनायक स्कुलका महावीर कुमार मेहतर समेत छनौट भएको जनाइएको छ ।

जुनियर समूहतर्फ सुम्निमा बोर्डिङ स्कुलकी कृष्टिना राईले प्रथम भइन् । कान्तिपुर स्कुलका बिप्लव दास द्वितीय बने । ग्रीनल्याण्ड स्कुलका आविष्कार कार्की तृतीय र हेरिटेज स्कुलका कोभिड कुन्डलिया चौथो घोषित भए । 

जिल्लास्तरीय चरणमा सहभागी हुने जुनियर विद्यार्थीहरु मध्ये ओडीसी स्कुलकी आयुषा कायुम खान, बिनायक स्कुलकी न्यान्सी कुमारी साह, अपर्ण स्कुलका पेसल पराजुली, बुढानिलकण्ठ स्कुलकी सुश्रीन भट्टराई र शिक्षादीप स्कुलका रोहन साह पनि छनौटमा परेका छन् ।

प्रतियोगिताको मुल्याङ्कन ललितकला संगम मोरङका अध्यक्ष प्रकाश चौधरीको नेतृत्वमा भएको थियो । प्रतियोगितामा ३१ विद्यालयका कुल ५८ जना विद्यार्थीबीच प्रतिष्पर्धा भएको जनाइएको छ ।

कार्यक्रम संयोजक यादव प्रधानका अनुसार विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र चित्रकलामा भएको रुचिलाई प्रवद्र्धन गर्न यस्तो प्रतियोगीता आयोजना गरिएको हो ।

प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार सावित्रा पराजुलीले विद्यार्थीमा रहेको सिर्जनशिल क्षमता उजागर गर्न यस्तो कार्यक्रम निरन्तर गर्नुपर्ने बताइन् । 

प्याब्सन विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठले चित्रकलालाई व्यवसायिकस्तरसम्म पु¥याउन सकिने भएकोले विद्यालय तहबाटै विद्यार्थीहरूको रुची अभिबृद्धि गर्नुपर्ने बताए । 

कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलालसिंह सुवाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष विष्णु डंगोललगायतले विजयी विद्यालयका विद्यार्थीहरूलाई थप सफलताका लागि शुभकामना दिएका थिए ।

जिल्ला स्तरीय प्रतियोगीता जेठ २९ गते आयोजना हुने जनाइएको छ ।

View : 305

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved