Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जीवन विकास सामुदायिक अस्पतालमा अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा सुरु

उद्‌घोष संवाददाता
८ जेठ २०८३, शुक्रवार

विराटनगर । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पतालले अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा संचालनमा ल्याएको छ । 

अस्पतालले भित्र्याएको फुजिफिल्म कम्पनीको एक्लोन स्मार्ट १.५ टेस्लाको एमआरआई मेसिन १२८ स्लाईसको सिटी स्क्यान मेसिनमार्फत अत्याधुनिक उपचार सेवा सुरु गरेको हो ।

अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलले मोरङ तथा आसपासका बिरामीलाई सहज, गुणस्तरीय र प्रविधियुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ सेवा विस्तार गरिएको बताए । उनले अस्पतालले सरकारी अस्पतालकै दररेटमा उपचार र विभिन्न प्रकारका परीक्षणको सुविधा उपलब्ध गराउने गरेको दाबी गरे ।

अत्याधुनिक मेसिन उपकरणमार्फत स्वास्थ्य सेवाको गुणस्तर थप सुधार हुने र बिरामीलाई समय तथा खर्च दुवै बचत हुने अपेक्षा गरिएको उनले बताए ।

अस्पतालमा भर्ना भएका विरामीहरूले यसअघि एमआरआई र सिटी स्क्यानका लागि विराटनगर पुग्नुपर्ने बाध्यता पनि पूर्णरुपमा हटेको हो । अस्पतालले नयाँ सेवा विस्तारसँगै विभिन्न प्रकारका छुट समेत दिइँदै आएको अध्यक्ष मण्डलले जानकारी दिए । 

अस्पतालले आपतकालीन सेवा, ओपीडी, मेडिसिन, शल्यक्रिया, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी, दाँत, आँखा, ईएनटी, रेडियोलोजी, प्याथोलोजी तथा आईसीयू लगायतका सेवा नियमित रुपमा संचालन गर्दै आएको जनाएको छ ।

View : 202

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved