Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ १७ र १८ मा

उद्‌घोष संवाददाता
१५ जेठ २०८३, शुक्रवार

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ । 

बुधबारमात्रै नियुक्ति लिएर कुर्सी सम्हालेका बोर्डका सदस्य सचिव विप्लव घोषसहितका पदाधिकारीको बैठकले छोटो तयारीकै बीच प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको बोर्डको ३२ औं बैठकले जेठ १५ र १६ गते प्रदेश स्तरीय छनोट सम्पन्न गरी गर्ने लगत्तै रनिङ शिल्ड गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष तथा प्रदेशका सामाजिक विकासमन्त्री रामप्रसाद महतोको अध्यक्षतामा आयोजित बैठकले प्रदेशका १४ वटै जिल्लाहरूको छनोट प्रतियोगिता जेठ १५ र १६ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ । 

बैठकमा समय अभावका कारण छोटो समयमा छनोट प्रतियोगिता सम्पन्न गर्ने निर्णयमा पुग्नु परेको बोर्डका पदाधिकारीहरूले प्रष्टिकरण दिएका थिए ।

बोर्डका सदस्य टीकाराम पुरीले छनोट सकेर जिल्लाबाट १६ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीहरूको बिदाइ तालिका बनाइएको बताए ।

बोर्ड बैठकमा बोर्डको चालु आर्थिक वर्षको बजेट संशोधन गर्दै शुक्रबार आयोजित गणतन्त्र दिवसमा बोर्डको सहभागिता लगायतको विषयमा छलफल भएको उनले जानकारी दिए ।

View : 74

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved