Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

गणेश सहकारीको साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
२३ कार्तिक २०८२, आइतवार

विराटनगर । विराटनगर–७ स्थित  गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३ औ साधारणसभा शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिनेश कुमार जोेशीको अध्यक्षतामा सम्पन्न साधारणसभाले सस्थाको सञ्चालक समितिकोतर्फवाट सचिव अर्जुन जोशीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र   मुरारीप्रसाद ढकाल संयोजक रहेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको हो । 

सहकारीले आर्थिक वर्ष २०८१–८२ मा १६ करोड ९८ लाख ७१ हजार ४७६ रुपैयाँ वरावरको वित्तीय कारोवार गरेकोे प्रतिवेदन पेश गरिएको थियो  । साथै सस्थाले सहकारीको सिद्धान्त मूल्य मान्यतामा आधारित रही ४ वर्षे रणनीतिक योजना तयार पारि सोही अनुसार शेयर सदस्य तथा संस्थाको हित र समृद्धिमा प्रतिवद्ध रही काम गर्ने लक्ष्य लिएका संस्थाका सचिव अर्जुन जोशीले बताए ।

सो अवसरमा  संस्थाका ७ जना जेष्ठ सदस्यहरु रामप्रसाद श्रेष्ठ ,वृन्दा श्रेष्ठ , गजेन्द« श्रेष्ठ, रामराज श्रेष्ठ, विजयालक्ष्मी तुलाधार शाक्य , शुभद्रा आमात्य र मिरा श्रेष्ठ तथा शैक्षिक कार्यक्रम अन्तर्गत एसइईतर्फ विन्यासा श्रेष्ठ , १२ कक्षातर्फ  निशान श्रेष्ठ, स्नातक  बीआइएमतर्फ आस्मा  तुलाधर र वीवीएतर्फ नियम श्रेष्ठलाई सम्मान तथा नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
 त्यसैगरी सस्थाले उत्कृष्ठ बचतकर्ता कलावती लामिछाने र रामप्रसाद घिमिरे उत्कृष्ठ ऋणीहरु महेशबहादुर तुलाधर र दुर्गादेवी बरालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।  

 

View : 221

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved