नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश प्रवेश गरेको छ । आइतबारको खेलमा गण्डकी र सूदुरपश्चिम विजयी भएका थिए ।
चार खेलमा लगातार विजयी हुँदै ८ अंकका साथ सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो । सूदुरले अब उपाधिका लागि बुधबार लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ । सूदुरले लिगको अन्तिम खेल भने सोमबार कोशी प्रदेशसँग खेल्दैछ ।
विराटनगरको मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा सूदुरले बाग्मती प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको बाग्मतीले ४१ ओभरमा सबै विकेट गुमाई ११९ रन बनायो । बाग्मतीका रोशन विश्वकर्माले अविजित ५६ रन बनाउँदा उत्तम मगरले २५ रनको योगदान दिए ।
सूदुरका यूवराज खत्रीले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५१ रन दिए । उनी खेलको प्लेयर अफ द म्याच समेत भए ।
१३० रनको विजयी लक्ष्य पाएको सूदुरले २८ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो । सूदुरका प्रकाश पाण्डे अविजित ५२ रन बनाउँदा नरेश भट्टले ३८ रनको योगदान दिए ।
बाग्मतीका दीपक सेरलाले सर्वाधिक २ विकेट लिए । सूदुरले खेलेको ५ मध्ये ४ खेलमा जित निकाल्दै ८ अंकका साथ दोश्रो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको हो ।
बाग्मती भने खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा रहेको छ ।
गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको अर्को खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २ विकेटले पराजित गरेको थियो ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव १ बलमा सबै विकेट गुमाई १०१ रनको योगफल बनायो । कर्णालीका अरविन्द खत्रीले सर्वाधिक ४६ रन बनाए ।
गण्डकी प्लेयर अफ द म्याच अपराजित पौडेलले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १९ रन दिए ।
१०२ रनको लक्ष्य पाएको गण्डकीले २६ दशमलव १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
गण्डकीका रोहित चन्दले २२ रन बनाउँदा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिए । कर्णालीका युनिष ठकुरीले ४ विकेट लिँदा अनुज चनराले २ विकेट लिए ।
गण्डकीले सबै ६ खेल खेल्दा ३ मा जित हात पार्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । कर्णालीले खेलेको ५ खेलमा सबैमा पराजित भएर समुहको पुच्छारमा रहेको छ ।
आज सोमबार बैजनाथपुर क्रिकेट मैदानमा कर्णाली र मधेश प्रदेश तथा मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूरपश्चिम प्रदेशबीच लिगको अन्तिम खेल हुने जनाइएको छ ।
View : 46
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved