Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले विराटनगर वडा अधिवेशन : ७ मा उप्रेति सर्वसम्मत, ९ मा भगत निर्वाचित

उद्‌घोष संवाददाता
२६ साउन २०८२, सोमवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटी अन्तरगत निर्वाचन हुन बाँकी रहेका दुईवटा वडा कमिटीले समेत नेतृत्व चयन गरेको छ । आइतबार भएको वडा अधिवेशनबाट वडा नम्बर ७ मा सरोज उप्रेती सर्वसम्मत अध्यक्ष चयन भएका छन् । 

विराटनगर ९ को वडा कमिटी अध्यक्ष पदमा भएको निर्वाचनमा कमल भगत पाँच मत बढि पाएर निर्वाचित भएका हुन् । भगतले ३० मत प्राप्त गरे भने अध्यक्ष पदका प्रत्यासी जतिन ताम्रकारले २५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ९ वडा कमिटीको उपाध्यक्षमा मोहन राजबंशी, सचिवमा पप्पु अन्सारी र  सह–सचिवमा विष्णुराज अधिकारी चयन भएका छन् । 

साउन १७ गते तोकिएको वडा अधिवेशन कार्यक्रम अन्तरगत विभिन्न कारणले अधिवेशन हुन नसकेका ७ र ९ मा समेत नेतृत्व चयन भएपछि एमालेको महानगरस्तरीय संगठन चुस्तदुरुस्त बनेको महानगर कमिटीका अध्यक्ष बलराम गिरीले बताए ।

View : 533

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved