Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

उद्घोष सम्वाददाता
१८ भदौ २०८१, मङ्गलवार

काठमाडौँ, १८ भदौ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक ६.९० अंकले बढेर २ हजार ८ सय ३० को विन्दुमा कायम भएको हो आज ३ सय २८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता शेयर १ लाख ४४ हजार १ सय ९७ पटक खरिदबिक्री हुँदा  १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, जीवन बीमा २.२८, लघुवित्त ०.३६ र निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ ०.६७, वित्त १.५७, जलविद्युत् ०.५०, लगानी ०.४४, उत्पादन तथा प्रशोधन ०.१४, म्युचुअल फन्ड ०.०३, व्यापार ०.४१ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ । सात कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको  ३४ करोड ७२ लाख २३ हजार २ सय ७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख ४४ हजार १ सय ५० कित्ता शेयर किनबेच भएको छ ।  रासस

View : 115

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved