Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

कुवेतमा इरानी ड्रोन आक्रमण, अमेरिकी ६ सैनिकको मृत्यु

उद्‌घोष संवाददाता
२१ फागुन २०८२, बिहिवार

वाशिङटन । कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ।

उक्त भवन मुख्य आर्मी बेसभन्दा टाढा, बन्दरगाहको व्यस्त क्षेत्रमा रहेको थियो । सैनिकहरूको परिवारका अनुसार भवन कन्टेनर शैलीको थियो र त्यहाँ पर्याप्त सुरक्षा व्यवस्था थिएन ।

आक्रमण भएको स्थान वरिपरि तेल ट्याङ्क, रिफाइनरी र पावर प्लान्ट रहेको बताइएको छ ।

पेन्टागनका अनुसार आक्रमण ड्रोनबाट भएको हो र अमेरिकी रक्षा सचिवले एयर डिफेन्सले सम्पूर्ण सुरक्षा गर्न नसकेको बताएका छन् ।

यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा प्रतिकारात्मक हवाई आक्रमण गरेको छ ।

यस घटनाले अमेरिकी सेनाको सुरक्षाबारे चिन्ता बढाएको छ । रासस/एपी

View : 42

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved